६ कार्तिक २०८३, शुक्रबार

बाह्रबोर बन्दुकसहित बार कफी सप सञ्चालक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मुस्ताङ, १९ साउन । घरपझोङ गाउँपालिका ३ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका संचालक काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका ७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।