६ कार्तिक २०८३, शुक्रबार

डेढ तोला सुनको सिक्री लुटपाट

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १९ साउन । नागार्जुन नगरपालिका १ रानिबन बुद्धचोक बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीया महिलाको साथबाट १.५ तोला सुनको सिक्री आइतबार लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइलकलमा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाले घाँटीमा लगाएको सिक्री लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।