२९ आश्विन २०८३, बिहिबार

आफैले थापेको धरापमा करेन्ट लागेर बालक दाजुभाइको मृत्यु, बुबा गम्भीर घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, १९ साउन । आफैंले थापेको धरापमा परेर दाङमा दुईजना दाजुभाइको मृत्यु भएको छ ।

जंगली जनावरलाई लक्षित गरी मकै बारीमा थापेको करेन्टको धरापमा परेर घोराही उपमहानगरपालिका–१ को हर्नोकका दिलबहादुर रावतका छोराहरु १४ वर्षीय वीरबल र १० वर्षीय तेजबहादुरको ज्यान गएको हो ।

बारीमा लगाइएको मकैबाली खाएर हैरान बनाएपछि जंगली जनावरलाई लक्षित गरेर थापेको करेन्टमा परेर दुवै बालकको सोमबार बिहान ज्यान गएको हो । मृतक बालकद्वयका बुबा दिलबहादुर रावत पनि करेन्ट लागेर घाइते गम्भीर घाइते भएका छन् ।

जनै पूर्णिमाका दिन मकै चढाउन भनेर बारीमा मकै लिन गएका बेला दुवै बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर छोराहरु चिच्याएपछि मकै बारीमा गएका बुबालाई दिलबहादुरलाई पनि करेन्ट लागेको हो ।

घाइते दिलबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।