२९ आश्विन २०८३, बिहिबार

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारमै कोरोना संक्रमण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका परिवारका अन्य ३ जना सदस्यमामा पनि कोरोना संक्रमण देखिएको छ । तर, उनीहरुमा कोरोना संक्रमणको स्रोत भने पत्ता नलागेको बताइएको छ ।

करीब २ साताअघि सामान्य ज्वरो आएका मुख्य न्यायायाधिवक्ता आचार्यलाई आइतबार पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो ।
संक्रमित सबैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने भएको छ ।

उनीसहित संक्रमित अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ । विभिन्न बैठकहरुमा सहभागी आचार्यले ज्वरो आउँदा सिटामोल खाएपछि निको भएको थियो ।