
काठमाडौँ, १८ साउन । सप्तरीको एउटै टोलमा आइतबार थप २५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ को लौनिया टोलमा २ वर्षीय बालक र २ महिलासहित २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
सप्तरीमा हालसम्म संक्रमितको संख्या ५ सय २४ जना पुगेको छ जसमध्ये ३ सय ३८ जना निको भएका छन् ।















प्रतिक्रिया