६ कार्तिक २०८३, शुक्रबार

पर्सामा ८१ सहित आइतबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । नेपालमा आइतबार थप २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

नयाँ संक्रमितहरुमा पर्साका ८१ जना रहेका छन् । त्यस्तै, मन्त्रालयका अनुसार काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, सुनसरीका १२ जना, मोरङका १६ जना, धनुषाका ३५ जना, चितवनका एक जना, महोत्तरीका ५ जना सर्लाहीका २ जना, बझाङका २ जना, डोटीका १२ जना, कैलालीका १० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, बर्दियाका १० जना, दार्चुला, गोरखा, सिन्धुली, बागलुङ र रुपन्देहीका एक एक जनामा संक्रमण देखिएको हो । अन्य जिल्लामा रौतहटमा २ जना, कास्कीमा ५ जना, लमजुङमा ३ जना, स्याङ्जामा ८ जना तनहुँमा २ जना नवलपरासीपूर्वमा ३ जना नयाँ संक्रमितहरु भेटिएका मन्त्रालयको तथ्यांकमा रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ११ जना निको भएका छन् । यससँगै कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । त्यस्तै, मुलुकभर ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ८० प्रतिशत संक्रमितहरु निको भएका छन् । त्यस्तै, विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।