६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए ३१ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ५७ पुग्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार थपिएका २४६ जनामध्ये ३१ जना काठमाडौँका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ११ जना निको भएका छन् । यससँगै कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । त्यस्तै, मुलुकभर ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ८० प्रतिशत संक्रमितहरु निको भएका छन् । त्यस्तै, विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज नगरपालिकाकी ६८ वर्षीया महिला रहेकी छन् । उनको शनिबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । यससँगै मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।