६ कार्तिक २०८३, शुक्रबार

ओली-प्रचण्डबीच सोमबार पनि छलफल हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । सत्तारुढ नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार पनि छलफल हुने भएको छ ।

आइतबार ओली र प्रचण्डबीच भएको छलफलमा पार्टीको विवाद समाधानका लागि ठोस सहमति जुट्न नसकेपछि भोलि पनि छलफल हुने भएको हो ।

आजको कुराकानीमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

उनीहरुबीच आज १० देखि १ बजेसम्म सकारात्मक कुराकानी भएको स्रोतले जनाएको छ ।

पार्टीलाई निकास दिनका लागि पुनः भोलि ९ बजे बैठक बस्ने जनाइएको छ ।

ओली र प्रचण्डबीचको छलफलमा एक अर्कालाई झिना मसिना आरोप प्रत्यारोप नगर्ने सहमति भएको छ ।