
काठमाडौँ, १८ साउन । नेपालमा आइतबार थप २ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ११ जना निको भएका छन् । यससँगै कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ । त्यस्तै, मुलुकभर ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ८० प्रतिशत संक्रमितहरु निको भएका छन् । त्यस्तै, विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
हालसम्म मृतक ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया