
काठमाडौँ, १८ साउन । विराटनगरमा थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा नापीका कर्मचारी र कारागारका २ जना पनि रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार ७ महिला र ६ पुरुषमा संक्रमण देखिएको हो ।
मोरङ जिल्लामा थप १७ जनामा कोरोना पुष्टि हुँदा १३ जना विराटनगरका रहेका हुन् । नापी कार्यालय विराटनगरका एक जना खरिदार र एक सुरक्षागार्डमा संक्रमण देखिएको हो ।















प्रतिक्रिया