६ कार्तिक २०८३, शुक्रबार

प्रहरीलाई २ हजार घुस दिन खोजेपछि …

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर 

धनुषा, १८ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् ।

प्रहरीले बिआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक सर्लाही ईश्वरपुर नगरपालिका ९ बयलबास बस्ने ३२ वर्षीय रामविश्वास पटेललाई लक्ष्मिनिया गाउँपालिका ७ लक्ष्मिनिया चोकबाट शनिबार दिउँसो पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।