२९ आश्विन २०८३, बिहिबार

इलामका थप १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ साउन । इलाममा कार्यरत थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार गत मंगलबार उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि १० जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । थप १७ जनासहित जिल्लामा सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लामा सशस्त्र प्रहरीको मात्रै अझै १६० जनाको रिपोर्ट आउन बाँकी छ ।

२७ जना सशस्त्र प्रहरीसहित इलाममा कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ पुगेको छ ।