२९ आश्विन २०८३, बिहिबार

समुदायमा कोरोना फैलिन नदिन लकडाउन घोषणा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

झापा, १८ साउन । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्रमा लकडाउन गरेको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार बसेको बैठकले आइतबार बिहानदेखि आगामी बिहीबारसम्मका लागि लकडाउन गरेको हो ।

केही दिनअघि अर्जुनधारा–१ का १ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको बताइएको छ । सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कट्र्याक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर लकडाउन गरेको नगरपालिकाको भनाइ छ ।

नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।