२९ आश्विन २०८३, बिहिबार

गाउँ छोडेर पालमुनीको बासमा पुगे भुर्केलाका ३५ परिवार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १८ साउन । डोटीको सायल गाउँपालिका–२ भुर्केलाका ३५ परिवार विस्थापित भएका छन् ।

गाउँमाथि र तलबाट नै पहिरो आएपछि ३५ परिवार विस्थापित भएका हुन् । लगातार परेको पानीका कारण पहिरोले गाउँ नै जोखिममा पारेपछि घर छोडेर गाउँमाथिको अग्लो डाँडामा पाल टाँगेर बसेका छन् ।

बस्ती नै पहिरोले बगाउने डर भएपछि ३५ परिवार विस्थापित​ भएका हुन् । भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयबासीमा त्रास उत्पन्न भएको छ ।