२९ आश्विन २०८३, बिहिबार

एक सातामा २८ नेपालीको विदेशमा मृत्यु, भारतमा मात्रै २५ जना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १८ साउन । विश्वव्यापी कोरोना भाइरस संक्रमणबाट यो साता विश्वभर २८ जना नेपालीले ज्यान गुमाएका छन् ।

२८ जनामध्ये भारतमा मात्रै २५ जनाले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँदिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि भएको हो ।

भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित रहेको बताइएको छ ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक १ नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

योसँगै कोरोना संक्रमणका कारण विदेशमा मात्रै ज्यान गुमाउनेको संख्या १८९ पुगेको छ ।

यस्तै नेपालमा हालसम्म ५६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या २४५ पुगेको छ ।