वीरगञ्ज, १८ साउन । पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमण देखिनेमा ५ देखि ६२ वर्ष उमेर समूहका ३१ जना पुरुष र १४ जना महिला रहेको डा. उपाध्यायले बताए । उनीहरुको साउन १२ देखि १६ गतेसम्म स्वाब संकलन गरिएको थियो ।
संक्रमित मध्ये मास टेस्टिङ्गमा स्वाब संकलन गरिएका २९ जना, स्वेच्छाले जाँच गराउने सातजना र कन्ट्याक ट्रेसिङमा परेका ८ जना रहेका छन् ।
संक्रमित मध्ये वीरगन्ज महानगरका मेयर विजय सरावगीको परिवारका दुईजना र उनको सम्पर्कमा आएका चारजना रहेका छन् ।













प्रतिक्रिया