काठमाडौँ, १७ साउन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
नेपाल आयल निगमले मूल्य समायोजन गर्दै शनिबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ २ रुपैयाँको दरले मूल्य बढाएको हो ।
मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा प्रतिलिटर मूल्य क्रमशः ९० र १ सय ४ रुपैयाँ कायम भएको छ ।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनमा भने मूल्य वृद्धि गरेको छैन ।
निगमले भारतीय आयल कर्पाेरेसनले मूल्य बढाएसँगै स्वचालित मूल्य समायेजन गरिएको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस