मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन १७ गते १७:५४

काठमाडौँ, १७ साउन । इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

संक्रमितहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणका हुन् । जिल्ला स्वास्थ्य कार्यालय इलामका अनुसार यसअघि देखिएका ११ जना संक्रमितहरुसँगको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा अन्यमा संक्रमण देखिएको हो ।

४० जनाको परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो ।

योसहित इलाममा २८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन गोठगाउँमा पठाइएको छ । उता बाँकी सशस्त्र प्रहरीको पुनः स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

क्वारेन्टिमा सुरक्षार्थ खटिएका सशस्त्रमा संक्रमण देखिएको तथा सीमा नाकामा खटिएकाले ब्यारेकमा संक्रमण फैलिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित