२९ आश्विन २०८३, बिहिबार

नेपाली सुरक्षागार्ड कुटिएको घटनामा मलेशियन प्रहरीले थाल्यो अनुसन्धान (भिडियो सहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । मलेशियामा नेपाली सुरक्षागार्ड कुट्ने व्यक्तिमाथि त्यहाँको प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

सुरक्षागार्डलाई पिटेको भिडियो भाइरल भएसँगै प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चालमाध्यम ‘द स्टार’ले समाचार लेखेको छ ।

समाचार अनुसार उक्त घटना त्यहाँस्थित जलन मदरसाको भएको पुष्टि भएको तथा पिट्ने व्यक्ति एक पाकिस्तानी नागरिक भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको र पिट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताएका छन् । कसैलाई उक्त घटनाबारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि त्यहाँको प्रहरीले अपिल गरेको छ ।

शुक्रबार भिडयो सामाजिक सञ्जालमा आएपछि मलेसियास्थित नेपाली दूतावासले अनुसन्धानका लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो । दूतावासको उजुरीसँगै प्रहरीले अनुसन्धान थालेको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् उक्त कुटपिटको भिडियो पनि–

कुट्ने ति व्यक्ति ति सुरक्षागार्ड कार्यरत कम्पनीकै सुपरभाइजर भएको बताइएको छ । शुक्रबार नेपाली सामाजिक सञ्जाल पयोगकर्ताले भाइरत बनाएको उक्त भिडियो ७ जुलाईमा फेसबुक पेज एसक्यू सोउल सेभेनमा पोष्ट भएको थियो ।

अहिलेसम्म ती सुपरभाइजर र कुटिएका नेपाली युवकको बारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन । ती युवक किन कुटिए र सुपरभाइजरले किन कुटे भन्ने बारेमा पनि केही सूचना बाहिर आउन सकेको छैन।

भिडियोमा सुपरभाइजरले मले भाषामा ‘मैले तिम्रो लागि राम्रो गरिरहेको थिएँ तर बदलामा के पाएँ ? तिमीले आफूलाई ठूलो ठानिरहेको छौ ? तिम्रो समस्या के हो ?’ भन्दै कुट्दै गरेको देखिन्छ ।