५ कार्तिक २०८३, बिहिबार

खसेको ढुंगाले लागेर एक युवकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ साउन । रोल्पामा भिरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुन्टिगढी गाउँपालिका ८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुन रहेका छन् ।

उनलाई बिहीबार राती १२ बजे बाटोमा हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुंगाले लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुन खेतमा पानी लगाउन जाँदै थिए ।