५ कार्तिक २०८३, बिहिबार

रातमा काठमाडौँ उपत्यका प्रवेश गर्न रोक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । सरकारले रातको समयमा काठमाडौँ प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले सूचना जारी गरी साउन १५ गतेबाटै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक लगाएको छ ।

उपत्यका बाहिरबाट आएका मानिसहरुमा परीक्षण गर्दा बिहीबार साँझ २४ जनामा संक्रमण पुष्टि भए लगत्तै मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै, मन्त्रालयले नाकाहरुमा पूर्ण निगरानी र चेकजाँच गर्न निर्देशन दिएको छ । बिना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।