५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ प्रवेश गर्ने ३ नाकामा भएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । काठमाडौँ उपत्यकामा थप २४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

उपत्यका प्रवेश गर्ने ३ प्रमुख नाकामा संकलन भएको स्वाब परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार ३ हजार ४ सय ७३ जनाको नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यका प्रवेश गर्ने ३ प्रमुख नाकाहरु नगढुंगा, फर्पिङ र भक्तपुरको साँगा क्षेत्रबाट नमुनाहरु संकलन गरिएका थिए ।

लकडाउन खुलेपछि काठमाडौँ प्रवेश गर्नेको संख्या पनि ह्वातै बढेकाले मन्त्रालयले नाका प्रवेश गर्ने ८ हजार ४ सय १ जनाको पीसीआर परीक्षण गरेको हो । जसमा बिहीबार मात्रै ३ हजार ४ सय ७३ जनाको रिपोर्ट आएको हो भने बाँकीको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।