५ कार्तिक २०८३, बिहिबार

सुन, चाँदी र पेस्तोलको झोला फालेर भाग्ने गाडी भेटियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । कमलादी सुन प्रकरणमा प्रयोग भएको गाडी फेला परेको छ ।

बा ६ च ५५१९ नम्बरको गाडी बिहीबार ललितपुरको नखिपोटमा भेटिएको प्रहरीले जनाएको छ ।

गाडी नखिपोटको निर्माणाधीन घरमा लुकाइएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

चेकिंगका क्रममा प्रहरीले कमलपोखरीमा स्कोर्पियो रोक्न खोज्दा सुन, चाँदी र पेस्तोल भएको झोला फालेर उनीहरु भागेका भनिएको थियो ।
प्रहरीले घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा विजय पटेल, देवान पटेल र निलेश सखिया रहेका छन् ।