
झापा, १५ साउन । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जनाको बेपत्ता भएको छ ।
वुधबार दिउँसो २ बजे संखुवासभा घर भएर अर्जुनधारा ४ बागेडाँगीमा बस्दै आएका ३० वर्षीय सुगम राईलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी बाँसको तामा संकलन गरेर फर्किँदै गर्दा अनारमनी खोला तर्ने क्रममा खोलाले बगाएर गहिरो दहमा फँस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, वुधबार नै कन्काई खोलाले वडा नं. ४ का करिब २७ वर्षीय कमल मुखियालाई बगाउँदा बेपत्ता भएका छन् । उनी बाढीमा बगेको दाउरा निकाल्न खोलामा पसेका थिए । त्यही क्रममा उनलाई भेलले बगाएर लगेको र हालसम्म फेला पार्न नसकेको बताइएको छ ।
झापामा मनसुन सुरु भएयता ८ बालबालिकासहित २० जनाको बाढीपहिरोले मृत्यु भइसकेको छ ।















प्रतिक्रिया