
काठमाडौं, १३ साउन । नेपाली बजारमा सुजुकीको नयाँ भिटारा ब्रेजा सार्वजनिक भएको छ ।
अधिकृत बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘नयाँ पावरफुल र स्टाइलिस’ भिटारा ब्रेजा सार्वजनिक गरेको हो ।
स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरू रहेको कम्पनीले जनाएको छ ।
१४६२ सिसीको ‘के–सिरिज’ बिएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजामा पाँच स्पिड म्यानुअल ट्रान्समिसन छ । नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
‘चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी बिक्री भएको एसयुभीमध्ये पर्छ ।
नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । यसले अघिल्ला पुस्ताको विरासतलाई अझ माथि पु¥याउने सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए ।
यसमा सेग्मेन्टमै पहिलोपटक डुअल च्याम्बर एलइडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ ओआरभिएम, १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलइडी फगल्याम्प, अटो डिमिङ आइआरभिएम, रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल, डाइमन्ड–कट एलोई ह्विल छन् ।
स्टेट अफ आर्ट टिइसिटी च्यासिस, डुअल एअर ब्याग, इबिडीसहितको एबिएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आइसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिट र प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्डर्डको रूपमा राखिएको छ । कम्पनीका अनुसार भिएक्सआईको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको ४४ लाख ६९ हजार मूल्य तोकिएको छ । बजार मूल्यमा सुरुवाती छुट तीन लाख ७० हजार रहेको र यो छुट पहिलो ५० वटा भिटारा ब्रेजामा लागू हुनेछ ।















प्रतिक्रिया