५ कार्तिक २०८३, बिहिबार

झापाको बाह्रदशी गाउँपालिका सिल

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

झापा, १२ साउन । बाह्रदशी गाउँपालिका सिल गरिएको छ ।

समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै गाउँपालिकाका ३ वटा वडाहरु सिल गरिएको हो ।

गाउँपालिकाले सूचना जारी गरी मंगलबारदेखि बाह्रदशी गाउँपालिकाको वडा नं १, २ र ३ अनिश्चित समयका लागि सिल गरिने जनाएको हो ।
गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार अर्काे सूचना नभएसम्मका लागि उक्त वडाहरु सिल गर्ने निर्णय गरिएको जनाए ।

सोमबार एक स्थानीय स्वास्थ्यकर्मीसहित २ जनामा संक्रमण पुष्टि भएसपछि सिल गर्ने निर्णय गरिएको राजवंशीले बताए । समुदायमा संक्रमण फैलिएको आशंकामा स्थानीय त्रसित बनेका छन् ।