५ कार्तिक २०८३, बिहिबार

जनकपुरको प्रादेशिक अस्पतालको आईसीयू ७ दिनका लागि बन्द

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आईसीयू सोमबारदेखि बन्द गरिएको छ ।

त्यहाँ उपचार गराउन आएका युवक कोरोना संक्रमणबाट मृत्यु भएको खुलेपछि आईसीयू बन्द गरिएको अस्पतालले जनाएको छ ।

धनुषाको शहीद नगरपालिका ८, डुमरियाका ३८ बर्षीय युवक उच्च ज्वरो, रुघाखोकी र सास लिन समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइतबार दिउँसो धरान लैजाने क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युपछि अस्पतालको आईसीयू कक्षलाई ७ दिनका लागि बन्द गरिएको हो ।

मृत्यु भएका युवकलाई आईसीयूमै राखेर उपचार गरिएकाले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।