५ कार्तिक २०८३, बिहिबार

कोरोनाका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरे ।

मृत्यु हुनेमा पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

त्यस्तै, सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । यससँगै कूल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १३ हजार ५४ पुगेको छ ।