
काठमाडौँ, १२ साउन । सरिता गिरीको ठाउँमा जनता समाजवादी पार्टीले लीलादेवी सिटौलालाई प्रतिनिधि सभा सदस्यका लागि पठाएको छ ।
पार्टीको नीति निर्देशन नमानेकोले गिरीलाई पार्टीले सांसद र पार्टीबाट हटाएपछि रिक्त रहेको उक्त पदमा सिटोलाको नाम निर्वाचन आयोगलाई पठाएको समाजवादीले जनाएको छ ।
समाजवादीको सिफारिसमा निर्वाचन आयोगले सिटौलालाई प्रतिनिधि सभा सदस्य भएको घोषणा गरेको छ ।
समानुपातिक तर्फबाट सांसद भएकी गिरी लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधनमा उनले पार्टीको निर्णय विपरित मतदान गरेकी थिइन् ।
पार्टीको ह्वीप नमानेकोले गिरीलाई कारवाही गरिएको थियो ।
सिटौलालाई सभामुखले सपथ ग्रहण गराउनेछन् ।















प्रतिक्रिया