५ कार्तिक २०८३, बिहिबार

कौडा खेलिरहेका एक महिलासहित २३ पक्राउ, साढे २ लाख बरामद

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाँचथर, १२ साउन । पाँचथरको फिदिमबाट कौडा खेलिरहेका १ महिला र २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फिदिम नगरपालिका १ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई नगद र कौडा १७ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।