५ कार्तिक २०८३, बिहिबार

धनुषामा कोरोनाका कारण एक युवकको मृत्यु पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ११ साउन । धनुषामा मृत्यु भएका युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धनुषाको शहीदनगर ८ डुमरियाका ३८ वर्षीय युवकको धनुषाको प्रादेशिक अस्पतालबाट धरान रिफर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका उनको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

युवकको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जानकारी दिएको हो ।

रिपोर्ट आइतबार साँझ ७ बजे आएको हो । संक्रमितको मृत्यु भएपछि सतर्कता अपनाउन छलफल चलिरहेको बताइएको छ ।