५ कार्तिक २०८३, बिहिबार

कञ्चनपुरमा कार्यालयभित्रै वडाध्यक्षमाथि कुटपिट, ६ पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ साउन । कञ्चनपुरमा कार्यकक्षभित्रै एक वडाध्यक्षमाथि कुटपिट भएको छ ।

शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यालयभित्रै हातपात भएको हो । आइतबार उनीमाथि नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका ८ का वडा सभापति नारद ठगुन्नासहितको टोलीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । तर कांग्रेस वडा सभापति ठगुन्नाले आफन्तलाई किन हातपात गरेको भन्दै वडाध्यक्षलाई कुटेको बताइएको छ ।

तरुण दलका स्थानीय युवाका अनुसार वडाध्यक्षले स्थानीय एक जनालाई कुटपिट गरेकाले हातपात भएको जनाए ।

कार्यालयभित्रै कुटपिट भएका महरा घाइत भएका छन् । उनलाई अहिले कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । उनले आफूमाथि विनाकारण कुटपिट भएको बताएका छन् ।

प्रहरीले वडाध्यक्ष महरामाथि कुटपिट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।