५ कार्तिक २०८३, बिहिबार

१ नम्बर प्रदेश प्रहरी कार्यालयका २० प्रहरीमा कोरोना पुष्टि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । प्रदेश १ का २० जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीमा संक्रमण देखिएको हो ।

प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकृतका बडीगार्डसहित २० जनामा संक्रमण देखिएको हो ।

गत शुक्रबार ५ जनामा कोरोना देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका १६० जनाको स्वाब परीक्षणका क्रममा २० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यरत सबै प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्लो समय प्रहरीमा संक्रमण बढ्दै गएको छ भने ९५ जना उपचारपछि निको भएका छन् ।