मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मास्क नलगाउनेविरुद्ध कडा हुन गृह मन्त्रालयको निर्देशन

दैनिक नेपाल २०७७ साउन ११ गते १४:४४

काठमाडौँ, ११ साउन । गृह मन्त्रालयले मास्क नलगाउनेप्रति कडा हुन निर्देशन दिएको छ ।

कोरोनाभाइरस संक्रमणको दर बढीरहेका बेला मास्कको प्रयोग घटेको भन्दै मन्त्रालयले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन बताइएको हो ।

मन्त्रालयका अनुसार मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न यसअघि जारी गरिएको निर्देशन कडाईका साथ लागू गर्न भनिएको हो ।

जनस्तरबाट लापरवाही बढेकोले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै मन्त्रायलयले उक्त परिपत्र जारी गरेको हो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयले कारवाहीको विवरण दैनिक रुपमा बुझाउनुपर्ने गृह मन्त्रालयमा बुझाउनुपर्नेछ ।

मास्क नलगाउनेविरुद्ध संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारवाही गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित