
काठमाडौँ, ११ साउन । हाम्रो नेपाल सुशासन अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा मागेको छ ।
पूर्वडिआइजी रमेश खरेल नेतृत्वको अभियानले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेको हो ।
सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई पत्नी हत्यामा सजाय कटौती गरेपछि प्रधानन्यायाधीशको राजीनामा माग हुन थालेको छ ।
कोइरालाको सजाय कटौती गरेरे विवादमा परेको न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अभियानको माग छ ।
आइतबार अभियानले एक विज्ञप्ति जारी गर्दै भनेके छ, ‘न्यायालय र त्यसमा पनि प्रधानन्यायाधीश सम्मिलित इजलासले गरेको यसप्रकारको फैसलाले न्यायालयको विश्वास, गरिमा र सम्मानलाई नराम्ररी अवमूल्यन गरेको छ, न्याय क्षेत्रलाई गम्भीर संकटमा पुर् याएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अदालतका निर्णय विवादमा पर्नु र जनताले नरुचाउने हुनु राम्रो संकेत हैन, यस अवस्थाबाट माथि उठी जनविश्वास बचाउन प्रधानन्यायाधीले राजीनामा दिने विकल्प उपयुक्त हुनसक्छ । त्यो नभए संसदले विचार गर्नुपर्ने जनआकांक्षा र चासोलाई कम मूल्यांकन गर्न नहुने हाम्रो धारणा हो ।’
उता महान्यायाधिवक्ताको कार्यालयले कोइरालाको सजाय कटौती फैसलाविरूद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिइसकेको छ । निवेदन उपर आइतबार नै सुनुवाई हुँदैछ ।















प्रतिक्रिया