मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

भूलचुकमा पार्टी एकता भएको होइन : मन्त्री ज्ञवाली

दैनिक नेपाल २०७७ साउन १० गते २०:१३

काठमाडौँ, १० साउन । सत्तारुढ नेकपा नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकता भूलचुकमा नभएको बताएका छन् ।

शनिबार मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

नेकपा पुष्पलाल र मदन भण्डारीको सिद्धान्तमा नै अघि बढीरहेको उनले बताए । ‘समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो’, उनले भने, ‘पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्वपूर्ण छ। यो एकता भूलचुकमा भएको होइन ।’

त्यस्तै, उनले कोरोनाविरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामा नै पहिलो रहेको पनि बताए । ‘दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ’, उनले भने । मन्त्री ज्ञवालीले एकताबद्ध हुँदै सिङ्गो देश एक ढिक्का भएर अतिक्रमित जमिन फर्काउन अघि बढ्नुपर्ने बताए ।

‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित