५ कार्तिक २०८३, बिहिबार

अर्कै केटालाई मन पराएको भन्दै पवित्रामाथि एसिड प्रहार भएको खुलासा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ साउन । बिहीबार साँझ काठमाडौँको सितापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार गर्नेहरु पक्राउ परेका छन् ।

एसिड प्रहारको योजना बनाउने र प्रहार गर्ने दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एसिड प्रहारमा संलग्न रौतहट घर भइ डल्लु बस्ने महम्मद आलम र भारत घर भएर डल्लुमै कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो । उनीहरु दुवैजनालाई काठमाडौं प्रहरीले बिहीबार राति ११ बजेपछि डल्लुबाटै पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानबाट महम्मद आलमले पवित्राले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मुन्नालाई एसिड हाल्न लगाएको प्रहरी खुलासा भएको छ ।

आलमले आफूलाई युवतीले चिन्ने भएकाले मुन्नालाई एसिड प्रहार गर्न लगाएको स्वीकार गरेका छन् ।

ट्वाइलेटमा प्रयोग हुने एसिड हानिएको हो । साहु आलमले आफूलाई एसिड हान्न लगाएको मुन्नाले बयान दिएका छन् ।