
काठमाडौँ, ८ साउन । ओखलढुङ्गा घर भई सीतापाइलामा बस्ने एक २२ वर्षीया युवतीमाथि तेजाब (एसिड) आक्रमण भएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार बिहीबार साँझ सीतापाइलामा पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको हो ।
प्रारम्भिक जानकारीअनुसार एसिड अनुहारमा परेको प्रहरीले बताएको छ । अहिले उनलाई कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तेजाब प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।















प्रतिक्रिया