५ कार्तिक २०८३, बिहिबार

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेका लागि तोकिएको साधारणसभा स्थगित भएको छ ।

सरकारले महासंघ गर्न स्वीकृति दिन ढिलाई गरेकोले भन्दै महासंघले साधारणसभा स्थगित गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

मन्त्रिपरिषदको निर्णय अनिश्चित भएकाले महासंघको साधारणसभा स्थगित गरिएको हो । मन्त्रिपरिषदले निर्णय गरेको १५ दिनभित्र महासंघ कायसमितिले साधारणसभा बोलाउने निर्णय गर्ने योजनामा थियो ।

सरकारले लकडाउन अन्त्य गरेपनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ ।