५ कार्तिक २०८३, बिहिबार

कुन प्रदेशमा कति छन् सक्रिय कोरोना संक्रमित ? ७० प्रतिशत बढी निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । नेपालमा बिहीबार थप १ सय ४७ जनामा कोरोना देखिएको छ भने १५६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार थपिएकासँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।

जसमध्ये प्रदेश १ मा १२४ जना, प्रदेश २ मा १ हजार १९७ जना, वागमती प्रदेशमा ४२७ जना, गण्डकी प्रदेशमा ३२४ जना, प्रदेश ५ मा ३४४ जना, कर्णाली प्रदेशम ३०४ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९३८ जना संक्रमित रहेका छन् ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा थप १ सय ५६ जनाले कोरोना जितेका छन् । यससँगै १२ हजार ८ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् । त्यस्तै, ६ जिल्लाहरु पाँचथर, भोजपुर संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएका छन् ।