
काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकामा थप ९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा काठमाडौँका ५ जना, भक्तपुरका २ जना र ललितपुरका २ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत बिहीबार देशभर थप १४७ जनामा कोरोना पुष्टि भएको हो । जसमा उपत्यकाका ९ जना रहेका छन् ।
संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।
त्यस्तै, थप १५६ जना उपचारपछि निको भएका छन् । निको हुनेको संख्या १२ हजार ८ सय ४० जना पुगेको छ ।















प्रतिक्रिया