
काठमाडौँ, ८ साउन । कर्णाली प्रदेशका विभिन्न जिल्लाका थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरु सुर्खेतका ५ जना, दैलेखका २४ जना, र सल्यानका १ जना रहेका छन् । उनीहरुको प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालमा परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये ३ जना बालबालिकाहरु पनि रहेका सामाजि विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
दैलेख आठविस नगरपालिका १ का ४ र ५ वर्षीय बालक र सुर्खेतको चौकुने गाउँपालिका ७ की ३ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो ।
नयाँ संक्रमितसँगै प्रदेशमा हालसम्म संक्रमितको संख्या १ हजार ५ सय ५२ जना पुगेको छ भने २ सय ५५ जनामात्रै सक्रिय केस रहेका छन् । अन्य निको भइसकेका छन् । त्यस्तै प्रदेशमा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।















प्रतिक्रिया