
काठमाडौँ, ८ साउन । मुक्तिनाथ विकास बैंकले अब ४८ घण्टाभित्र कर्जा स्वीकृत गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।
“मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक कर्जा योजना सञ्चालनमा ल्याएकोे हो ।
यस योजनाअन्तर्गत ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत हुनेछ भने अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि विभिन् छुटहरु प्रदान गरिनेछ ।
ग्राहकहरुले नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन ।
त्यस्तै, बैंकले बिना सुरक्षण शुल्कमा लकर सुविधा दिनेछ भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र लिने जनाएको छ ।
त्यस्तै, स्किमको रुपमा बैंकले कर्जा लिएका ग्राहकले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज साउन मसान्तसम्ममा चुक्ता गरेमा ब्याज दरमा २ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ ।















प्रतिक्रिया