
झापा, ८ साउन । भद्रपुर नगरपालिकाले बनाएको पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।
वुधबार वडा नं. २ पृथ्वीनगरस्थित कमलधापका ३ जना बालक खेल्न गएका बेपत्ता थिए ।
साँझसम्मै बेपत्ता १० वर्षीय अंकुश तामाङलाई आफन्तले खोजी गर्दा बेलुका ८ बजे पोखरीमा मृत फेला पारेका थिए ।
त्यस्तै, उनीसँगै खेल्न गएका १४ वर्षका करणा थामी र उनका भाइ ११ वर्षका अर्जुन थामी पनि बेपत्ता भएकाले प्रहरीले खोजी सुरु गरेको थियो ।
प्रदेश १ को विपद व्यवस्थापन टोली, गुल्म चन्द्रगढी, झपाबाट खटिएको टोलीले बिहीबार विहान ९ बजे सिमसार क्षेत्रमा नगरपालिकाले बनाएको पोखरीमा दुवै मृत अवस्थामा फेला पारेको थियो ।
नगरपालिकाले बनाएको पोखरीमा बालकहरु मृत फेला परेपछि स्थानीयहरु आक्रोशित बन्दै शव उठाउन मानेका छैनन् ।
स्थानीयहरुले क्षतिपूर्ति माग गर्दै २ सय जनामा भेला भएर मेयरसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया