५ कार्तिक २०८३, बिहिबार

थप एक कोरोना संक्रमितको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ साउन । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ६ माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कुनै पनि दीर्घरोग नरहेको जनाइएको छ । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्युपछि गरिएको परीक्षणमा वुधबार उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।