५ कार्तिक २०८३, बिहिबार

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ साउन । अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध नारायगाढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडकखण्डको १६ किलोमा खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । मंगलबार राती पौने ९ बजे भरतपुर महानगरपालिका २९ स्थित बालुवा पुल नजिकै चट्टानसहित ठूलो पहिरो खसेको थियो ।

सडकको करिब १५० मिटर भाग ढाकिएको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको हो । सडक एकतर्फी सञ्चालनमा आएपछि सवारी चल्न थालेका छन् ।