
काठमाडौँ, ७ साउन । सरकारले बाढीपहिरोलगायतका प्राकृतिक विपदबाट ज्यान गुमाउनको परिवारलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘राहत सम्बन्धी मापदण्ड ०६४’लाई संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत मापदण्ड ०७७’ स्वीकृत गर्दै सो अधिकार दिएको हो ।
विपदमा परेर एक परिवारका एक जनाको मृत्यु भए २ लाख रुपैयाँ र त्यही परिवारको अन्यको पनि मृत्यु भए थप १ लाखको दरले गरेर प्रदान गर्ने गृहमन्त्रालयले जनाएको छ ।
त्यस्तै, ५ जना सम्मको परिवारको घर नष्ट भएमा तत्कालै २० हजारसम्म उपलब्ध गराउने गरी मापदण्ड तयार पारिएको मन्त्रालयले जनाएको हो ।
प्रमुख जिल्ला अधिकारीहरुले विपद्को बेला पीडितहरुको खोज तथा उद्धारका लागि न्यूनतम २५ जना जनशक्ति जुनसुकै बेला परिचालन गर्ने गरी राख्ने निर्णय गरिएको छ ।
विपद् व्यवस्थापन समितिको मातहतमा खोज तथा उद्धार सामाग्रीको भण्डारण गर्नुका साथै न्युनतम २५ जना उद्धार कार्ययमा प्रयोग गर्ने जनशक्ति व्यवस्थापन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
त्यस्तै, सरकारले विपद्ले गर्दा पूर्णरुपमा घर नष्ट भएमा घर निर्माणाका लागि १ लाख दिने भएको छ ।















प्रतिक्रिया