
काठमाडौँ, ७ साउन । उदयपुरमा थप ९ जना कोरोना संक्रमति थपिएका छन् ।
एकै परिवारका ४ जनासहित ९ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।
यससँगै जिल्लामा संक्रमितको संख्या ८५ जना पुगेको छ । त्यसमध्ये २१ जना महिला र ६४ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी हालसम्म ६४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै, पछिल्लो पटक गरिएको परीक्षणमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गर्न थालिएको छ ।
तीन दिनअघि सो परिवारका जेष्ठ सदस्य ७३ वर्षीय पुरुषमा कोरोना देखिएको थियो । अन्य सदस्यको पनि परीक्षण गर्दा २७ वर्षीया महिला, ४० वर्षीय पुरुष र दुई वर्षीया एक बालिकामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनीहरुको साउन ३ गते स्वाब संकलन गरिएको थियो । उनका परिवारसँगै अर्का एक ७० वर्षीय छिमेकी महिलासमेत सङ्क्रमित भएकी छिन् ।
यसबाहेक अन्य संक्रमितहरु हालै भारतबाट आएर क्वारेन्टिनमा बसेका रहेका छन् । १८,२८,३० र ४० वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमण देखिएपछि स्थानीय प्रशासन र बेलका नपाले अनिश्चितकालका लागि नगरपालिकको रामपुर बजार बन्द गराउनुको साथै बजार एरिया सिल गरिएको बताइएको छ ।















प्रतिक्रिया