
काठमाडौँ, ७ साउन । कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको पिसिआर परीक्षणमा २२ जनामा कोरोना देखिएको हो ।
संक्रमितहरु दैलेखका १६ जना र कालिकोटका ६ जना रहेका छन् ।
दैलेखको ठाँटीकाँध गाउँपालिका १ का २ जना, वडा नम्बर २ का १ महिलासहित ६ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ६ का ५ जनामा संक्रमण देखिएको हो ।
यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ का ३ जना नाबालकमा पनि कोरोना पुष्टि भएको छ । १८ महिने बालक, १ वर्षीया बालिका र ३ वर्षीय बालकमा कोरोना पोजेटिभ मन्त्रालयले जनाएको छ । सोही वडाका २ जना महिला र वडा नम्बर ८ का एक पुरूषमा कोरोना पुष्टि भएको हो ।
यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय ८३ पुगेको छ ।















प्रतिक्रिया