५ कार्तिक २०८३, बिहिबार

थपिए १ सय कोरोना संक्रमित, २०७ डिस्चार्ज

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ साउन । नेपालमा वुधबार थप १ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यससँगै संक्रमितको संख्या नेपाल १८ हजार ९४ जना पुगेको छ ।

त्यस्तै, मुलुकभर थप २ सय ७ जना कोरोनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या १२ हजार ८ सय ८४ पुगेको छ ।
त्यस्तै, सक्रि संक्रमितको संख्या ५ हजार ३ सय ७० जना रहेको छ ।

हालसम्म ३ लाख २७ हजारको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै, कोरोनका कारण ४२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांक रहेको छ ।